मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |

रक्सी खानु हुँदैन, ब्राण्डिङ गर्नुपर्छ: देउवा

Griha Sewa 31+ समाचार ( )
२७ माघ २०८१, आइतबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारु समुदायको आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको ब्राण्डिङ गर्नुपर्ने बताएका छन्।

उनले मदिराको ब्राण्डिङ गरेर आम्दानी लिन सकिने भन्दै थारु समुदायको आर्थिक स्तर वृद्धि अपरिहार्य रहेको उल्लेख गरे।

दाङको दङ्गिशरण गाउँपालिका–३, चखौरामा आयोजित अन्तरप्रदेशीय थारु सांस्कृतिक सम्मेलनलाई सम्बोधन गर्दै देउवाले कमैया प्रथा उन्मूलनपछि थारु समुदायमा ठूलो परिवर्तन आए पनि आर्थिक रूपमा अझै सबल बन्न नसकेको बताए।

‘कमैया प्रथाको अन्त्य मेरो नेतृत्वको सरकारले गर्‍यो। त्यसपछि थारु समुदायले हकअधिकार पाए, जीवनशैलीमा परिवर्तन आयो। तर, आर्थिक रूपमा जति सक्षम हुनुपर्ने हो, त्यति हुन सकेको छैन,’ देउवाले भने, ‘अब थारु समुदायलाई आर्थिक समृद्धिसँग जोड्न जरुरी छ।’

उनले थारु समुदायको कला, संस्कृति र खानाका परिकारलाई व्यवसायीकरण गर्न सकिने उल्लेख गर्दै त्यसबाट समुदायले प्रत्यक्ष लाभ लिन सक्ने बताए।

‘लोकल मदिराको ब्राण्डिङ गरेर बिक्री गर्न सकियो भने थारु समुदायले आम्दानी बढाउन सक्छ। कानुनी जटिलता भए हटाउन सरकारसँग म कुरा गर्छु,’ देउवाले भने, ‘यस्तै, थारु परिकार र नृत्यलाई पनि व्यवसायीकरण गर्नुपर्छ।’

उनले स्थानीय उत्पादनको प्रवर्द्धन भएमा विदेशी मदिराको आयात घट्ने र नेपालकै आर्थिक स्तर वृद्धि हुने बताए।

‘रक्सी खानु हुँदैन, स्वास्थ्यलाई असर गर्छ,’ देउवाले भने, ‘तर यसको बिक्री गरेर समुदायले आम्दानी गर्न सक्छ। त्यसका लागि वातावरण बनाउन म सरकारसँग पहल गर्छु।’

त्यस्तै, देउवाले संघीय, प्रदेश र स्थानीय सरकारहरू थारु समुदायको समृद्धिका लागि गम्भीर भएर लाग्नुपर्ने बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार