मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |

आङ खस्ने समस्याको सफल उपचार गराउन नगरपालिका प्रतिबद्ध छ: उप-प्रमुख प्रमिला

Jasus Khabar 3+ समाचार ( )
२८ माघ २०८१, सोमबार
सुनसरी । भोजपुरको षडानन्द नगरपालिकामा महिलाहरुको पाठेघर खस्ने समस्याको पहिचान तथा निःशुल्क शल्यक्रिया कार्यक्रम अन्तरगत आज आठजना बिरामीको सफल शल्यक्रिया भएको छ । सोमबार जिल्ला अस्पताल सुनसरी इनरुवामा शल्यक्रियाको सफल उपचार भएको हो । 

भोजपुरको षडानन्द नगरपालिका उप-प्रमुख प्रमिला राईले आफ्ना पालिकामा रहेका आङ खस्ने बिरामीहरुको निरन्तर सफल उपचार भइरहेको बताइन् । वहाँले आफ्नो पालिकामा पाठेघर खस्ने समस्याको पहिचान गर्ने र सफल उपचार गराउनको लागि आफुहरु अभियान नै चलाएको बताउनुभयो । वहाँले आङ खस्ने समस्याको सफल उपचार गराउन नगरपालिका प्रतिबद्ध रहेको बताइन् । 

उप-प्रमुख राईले महिलाहरुले पाठेघर आङ खस्ने समस्यालाई लुकाउने गरेको बताइन्। महिलाहरुले अज्ञानता र लाजका कारण पाठेघर खस्ने समस्या लुकाउने गरेको बताइन्। राईले पाठेघर खस्ने समस्याबारे एक तिहाई महिलाले खुलेर भन्ने गरेपनि बाँकीले लुकाएर राख्ने प्रबृत्ति रहेको बताइन् । महिला आङ खस्ने समस्याबाट पीडित रहेको बताउदै त्यसको लागी पालिकामाजनचेतना फैलाउदै आएको बताइन् । 

वहाँले लाजका कारण पाठेघरको समस्या सहजै भन्न नसक्ने र अन्य विविध कारण महिलाहरूले पाठेघरको समस्या झेलिरहेका बताए। त्यो समस्यलाई मध्यनजर गर्दै कार्यपालिकाले अभियान नै चलाएर अगाडि बढेको उनको भनाइ छ। वहाँले विगत ३ वर्ष देखि हरेक वर्ष शिविरमार्फत पाठेघर खस्ने समस्याको पहिचान गरी उपचार गर्दै आएको उनले बताइन्। उनका अनुसार पालिकाले निःशुल्क स्वास्थ्य शिविरमार्फत समस्याको पहिचान गरी अस्पतालसम्म बिरामीलाई निःशुल्क ल्याउने,लाने र उपचार गर्ने काम गर्दै आएको बताए । आगामी वर्षमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ।

षडानन्द नगरपालिकाका स्वास्थ्य प्रमुख सुन्दर श्रेष्ठले महिलामा आङ खस्ने समस्या प्रमुख चुनौती बनेको बताए। उनकाअनुसार ग्रामीण भेगका कृषि क्षेत्र र बढि काम गर्ने महिलामा आङ खस्ने समस्या देखिएको छ। वहाँ निःशुल्क स्वास्थ्य शिविरमा पाठेघर खसेको बिरामी ८ जना पहिचान भएको थियो। सोही अनुरुप आज ८ जनाको पाठेघर खसेको शल्यक्रिया भएको बताउनुभयो। 

पहिलो पटक जिल्ला अस्पताल सुनसरी इनरुवामा महिलाहरूको आङ खस्ने समस्याहरूको शल्यक्रिया गरी पाठेघर निकाल्ने कार्य सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमिताभ ठाकुरले बताए। पाठेघर निकाल्ने काम अस्पतालमा पहिलो पटक भएको बताउदै हामीले ऐतिहासिक सफलता प्राप्त गरेको बताउनुभयो । वहाँ अगामी दिनमा पनि यस प्रकारका उपचारलाई निरन्तरता दिने बताउनुभयो । वहाँले बिरामीहरुले भोजपुरबाट इनरुवा आएर शल्यक्रिया गराउनु जानकारी दिए । बिरामीहरुलाई आज डिस्चार्ज गर्दै एक कार्यक्रमको आयोजना गरि सम्मान तथा बिदाई गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार