मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |
मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |


कु- कर्मको पाप पखाल्न आरती रावल पुगिन भारतको कुम्भ मेला न्यायाधीश भुवन गिरीले पाए रावलबाट छुटकारा

Griha Sewa 31+ समाचार ( )
२७ माघ २०८१, आइतबार

बिभिन्न पुरुषहरुलाई आफ्नो माया जालमा फसाएर रकम असुल्दै हिडेकी आरती रावलले २०७४ सालमा उच्च अदालत तुलसीपुर नेपालगंज इजलासमा उप (रजिष्ट्रार पदमा कार्यरत भुवन गिरीबाट पनि मोटो रकम असुल्ने उदेश्यले बिभिन्न जालझेल गरी भुवन गिरीलाई आफ्नो जालमा फसाई सकेपछी जबरजस्ती करणी मुद्दामा फसाई दिने धम्की दिई २०७५ साल असार १२ गते भुवन गिरीलाई आफु संग बिबाह दर्ता गर्न बाध्य पारी निजको कान्छी श्रीमतीको रुपमा साथमा बस्दै आएकी र भुवन गिरी उच्च अदालत दिपायलमा कार्यरत रहदा २०७५ साल फागुन महिनामा निज आरती रावलले अत्याधिक मात्रामा 8848  नामक मदिरा र  सुर्य चुरोट सेवन गर्नुको साथै मासु काट्ने दाउले भुवन गिरीलाई प्रहार गर्न खोजी अत्याधिक मानसिक यातना दिएकी एबं निज आरती रावलले आफ्नो आमाको औषधि उपचार खर्च, बहिनीलाई सापटी रकम, गहना र बैंक लोन समेत गरी रु. १२ लाख जति रकम भुवन गिरीबाट बुझी सकेको अवस्था रहेछ। निज आरती रावलले आफ्नो आमा र भाईहरुलाई २०७२ सालमा बाँके जिल्ला अदालतमा अंश मुद्दा (मु.नं.०७२-CP-००७०) दर्ता गरी अंश बापत प्राप्त गरेको निजको नाममा दर्ता रहेको नेपालगंजको बाँकेगाउँ स्थित ५ कोठाको पक्की घर मेघा बैंक नेपालगन्जमा धितो राखी बिबाह हुनु पुर्ब नै निजले लिएको रु. ७ लाख ऋण तिर्न नसकी घर लिलाम हुन लागेको र आफुलाई छुट्टै घर बनाउनु नपर्ने भएकोले ऋण तिरी दिनुहोस भनि भुवन गिरीलाई अत्याधिक तनाव दिएपछि आफु संग पैसा नभएकोले केही सिप नलागी भुवन गिरीले आफ्नो संचयकोष र नागरिक लगानी कोषबाट ऋण निकाली उक्त बैंकको ऋणी तिरी दिएपछि निज आरती रावलले भुवन गिरीलाई कुनै जानकारी नै नदिई पुनस् उक्त घर नेपालगन्जको सिटी बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. १० लाख ऋण निकाली आफ्नो आमाको नाममा नेपालगन्जमा जग्गा खरिद गरी उक्त ऋणको मासिक बैंक किस्ता निजको दुबईमा रहेको कान्छो भाईले तिरी रहेको र उक्त घर निजले नेपालगन्जकै रमा आचार्य भन्ने महिला संग संयुक्त रुपमा दर्ता गरेको पाईएको छ।

भुवन गिरी कैलाली जिल्ला अदालतमा कार्यरत रहदा २०७६ साल मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा भुवन गिरीको बिरुद्धमा निजले झुट्टा बैबाहिक बलात्कार र भ्रुण हत्याको जाहेरी दर्ता गरेकी र पछि उक्त जाहेरी फिर्ता लिई भुवन गिरीको साथमा बस्दै आएको र निजले २०७६ माघ देखि २०७९ जेठ सम्म भुवन गिरी सर्बोच्च अदालतमा कार्यरत रहदा प्रायस् जसो आफ्नो पुर्ब Boy Friend  लाई सुन्धारामा भेट्न जान्छु भनी भुवन गिरीलाई अत्याधिक मानसिक तनाब दिएको र भुवन गिरी लोकसेवा आयोगबाट २०७८ सालमा लिईएको जिल्ला न्यायाधीशको परिक्षामा १ नम्बरमा सिफारिस भएपछि नियुक्ति लिनु पुर्ब भुवन गिरीलाई निजले रु.२५ लाख रकम दिए सम्बन्ध बिच्छेद गर्न तयार रहेको भनी प्रस्ताब राखेको र भुवन गिरीको नाममा जम्मा सम्पतिको रुपमा १०.५ कट्ठा मात्र जमिन रहेको र उक्त जमिनको चलन चल्तीको मुल्य रु. ३५ लाख मात्र रहेको एबं आरती रावलको भागमा १.५ कट्ठा जमिन भागमा पर्ने र सोको मुल्य रु.४,५०,००० र ( जति पर्ने भएपनि अनाबश्यक झन्झटबाट मुक्ति पाउँन भुवन गिरीले मागेको रकम रु. २५ लाख दिन तयार भएपछी न्यायाधीश पदमा कार्यरत रहेको अवस्थामा अझै ठुलो रकम प्राप्त गर्ने आशले निज आरती रावल सम्बन्ध बिच्छेद गर्नबाट पछि हटेको र भुवन गिरीले २०७९ साल जेठ महिनामा जिल्ला न्यायाधीशको नियुक्ति प्राप्त गरी कपिलबस्तु जिल्ला अदालतमा कार्यरत रहेको अवस्थामा २०७९ कार्तिक महिनामा निजले भुवन गिरी संग तत्काल नेपालगन्जमा आफुलाई तिन तले घर बनाई दिनु पर्ने, आफुलाई भान्सेमा नियुक्त गरी मासिक तलब रु. २५ हजार दिनुपर्ने,आफ्नो मान्छेलाई सवारी चालकमा नियुक्त गर्नुपर्ने र छुट्टी भिन्न भएकी भुवन गिरीको जेठी श्रीमतीको घरमा गएर बस्न पाउँनुपर्नेू माग राखेकोमा  भुवन गिरीले उक्त मागहरु तत्काल पुरा गर्न नसक्ने र पछि बिस्तारै सम्बोधन गर्ने तर छुट्टी भिन्न भएकी जेठी श्रीमतीको घरमा बस्न पाउने माग पुरा गर्न नसक्ने जबाफ दिएपछि आरती रावलले सडक आन्दोलन, आत्मदाह, आमरण अनसन समेतको नाटक गरी मिति २०७९-११-१४ मा भुवन गिरीको बिरुद्धमा जिल्ला प्रहरी कार्यालय, कपिलबस्तुमा बैबाहिक बलात्कारको झुट्टा जाहेरी दर्ता गरेकोमा उक्त मुद्दामा कपिलबस्तु जिल्ला अदालतबाट भुवन गिरी धरौटीमा छुटी मिति २०८१-०७-२८ मा सो मुद्दामा भुवन गिरीले अभियोगदाबीबाट सफाई पाउँने गरी फैसला भएको पाईन्छ। कपिलबस्तुको बैबाहिक बलात्कार मुद्दाले भुवन गिरीलाई केही असर नपर्ने देखि निज आरती रावलले मिलापत्र गरौँ भनि भुवन गिरीलाई काठमाण्डौको सुन्धारामा बोलाई आफ्नो काठमाण्डौको गोंगबु स्थित डेरामा लिई खानामा निद्रा लाग्ने औषधि राखी खाना ख्वाई बेहोस पारी प्रहरी बोलाई पक्राउ गराई कपिलबस्तुमा पठाई सकेपछी भुवन गिरीको बिरुद्धमा मिति २०७९-१२-३० मा प्रहरी परिसर,काठमाण्डौमा अपहरण,शरिर बन्धक र जबरजस्ती करणी मुद्दाको जाहेरी दर्ता गरी भुवन गिरी उक्त जबरजस्ती करणी मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट धरौटीमा छुटेको र उक्त धरौटी आदेश उच्च अदालत पाटनबाट समेत सदर भएपछि भुवन गिरीलाई थुनामा राख्नको लागि माईतिघर मण्डलामा मेनुका थापाले संचालन गरेको रक्षा नेपाल र  अधिबक्ता इन्द्र अर्यालले संचालन गरेको न्यायको लागि मानव अधिकार संजाल भन्ने गैर सरकारी संस्थाको सहयोगमा ५८ दिन जति आमरण अनसनको नाटक गरेको र सर्बोच्च अदालत भित्र आफ्नो शरीरमा पेट्रोल छर्की पत्रकार बोलाई आत्मदाहको नाटक गरी न्युज तयार गरेको एबं भृकुटी मण्डपमा चिकेन रोष्ट,बफ ग्रेबी,परौठा र खजुर खाएर आमरण अनसनको नाटक गर्नुको साथै सर्बोच्च अदालतको इजलास भित्र मिति २०८०-१२-२१ मा बिष सेवनको नाटक गरेको र माननीय न्यायाधीश श्री हरी प्रसाद फुयाँल र माननीय न्यायाधीश श्री तिल प्रसाद श्रेष्ठको  संयुक्त इजलासबाट शुरुको धरौटी आदेश बदर गरी भुवन गिरीलाई थुनामा पठाउने आदेश भएपछि मिति २०८१-०१-०३ देखि भुवन गिरी कारागार कर्यालय,डिल्लीबजार,काठमाण्डौमा थुनामा रहेको देखिन्छ। निज आरती रावलले मिति २०८१-०२-१३ मा काठमाण्डौ जिल्ला अदालतमा गई आफ्नो पक्षमा फैसला नगरे अदालत भित्र आत्महत्या गर्छु भन्ने धम्की दिएकी र सोही दिन माननीय जिल्ला न्यायाधीश श्री दुर्गा बहादुर भुषालले भुवन गिरीलाई कसुरदार ठहर गरी मिति २०८१-०२-२८ मा सजाय निर्धारण गरी ७ बर्ष कैद र रु। ३ लाख जरिबाना हुने र पीडितले पतिबाट अंश पाउने भएकोले क्षतिपूर्ति भराउनु नपर्ने भन्ने फैसला गरेपछि आरती रावल गिरीको भुवन गिरीबाट मोटो रकम असुल्ने योजना बिफल भएपछी निजले सरकारको बिरुद्धमा रु।१ करोड क्षतिपूर्ति रकम माग गरी माईतिघर मण्डलामा सडक अन्दोलन गर्नुको साथै पोलमा झुन्डिन खोजेको र जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ र रक्षा नेपालबाट रु। ५ लाख क्षतिपुर्ती बुझेपछि आन्दोलन त्यागेको पाईन्छ।उक्त फैसला उपर चित नबुझी निज भुवन गिरीले कारागार कार्यालय,डिल्लीबजार मार्फत उच्च अदालत पाटनमा पुनराबेदन गरी मिति २०८१-०६-०६ मा प्रत्यर्थी झिकाउने आदेश भई मिति २०८१-०७-०६ मा उक्त मुद्दाको पूर्ण सुनुवाईको पेशी रहेको र दुवै पक्षका कानुन ब्यबसायीको बहस सकिएपछि इजलासबाट निज आरती रावललाई आफ्ना कुरा राख्ने मौका दिईएकोमा निजले आफ्ना कुरा राखेपछि इजलासलाई दबाब दिई आफ्नो पक्षमा फैसला गराउन सर्बोच्च अदालतको इजलासमा बिष सेवन गरेको नाटक गरे जस्तै उच्च अदालत पाटनको इजलासमा पनि बिष सेवन गरेको नाटक गरी फैसला हुन नदिई न्याय सम्पादनमा अवरोध सृजना गरेकोले निजका उपर सोही मितिमा अदालतको अवहेलना मुद्दा (मु.नं.०८१-FJ-००७०)दर्ता भई हाल विचाराधीन अवस्थामा रहेको छ।उक्त मुद्दामा निज आरती रावलले उच्च अदालत पाटनका कर्मचारीलाई आफुले भने जस्तो लामो तारेख नदिए उक्त अदालतको तिन तलाबाट हाम फाली मर्छु भन्ने धम्की दिई ४३ दिनको लामो तारेख लिएको र राष्ट्रिय बिधि बिज्ञान प्रयोगशाला, खुमलटार,ललितपुरमा करिब ५ पटक सम्म आफ्ना साथीहरु र कानुन ब्यबसायीको साथमा गई बिष परिक्षणको रिपोर्ट ढिला पठाउन दबाब दिनुको साथै मिति २०८१-१२-२२ को पेशीमा वकालतनामा नै नभएको आफ्नो कानुन ब्यबसायी अधिबक्ता देबी रेग्मीलाई पेशी स्थगित गर्न पठाएको र मिसिलमा अधिबक्ता देबी रेग्मीको वकालतनामा फेला नपरेपछि पेशी स्थगित नभएकोले निज आरती रावलले सो मितिको तारेख गुजारी समयमा फैसला हुन नदिई बिलम्ब गराई भुवन गिरीलाई अनाबश्यक थुनामा बस्न बाध्य बनाएको भन्ने बुझिएको छ।त्यसैगरी निज आरती रावल मिति २०८१-०९-२६ मा भुवन गिरीलाई भेट्न कारागार कार्यालय डिल्ली बजार पुगेकी र भेटको क्रममा भुवन गिरी संग पहिलो शर्त आफुलाई रु. १ करोड रकम दिए फैसला गर्न अवरोध नगर्ने, दोश्रो शर्त छोरा छोरी र इष्टमित्र त्यागी भुवन गिरी आफु संग मात्र एकलौटी रुपमा बस्न मन्जुर भए आफु मिलापत्र गरेर संगै बस्न तयार रहेको र तेश्रो शर्त उल्लेखित शर्त पुरा गर्नको लागि उच्च अदालत पाटनमा मुद्दाको पेशी स्थगित गरी फैसला हुनु अगावै लिखित सम्झौता गरी बिश्वासको बातावरण तयार गरेको खण्डमा उच्च अदालत पाटनमा आफु पति भुवन गिरी संग मिलेर बस्न चाहेकोले भुवन गिरीलाई झुट्टा अभियोग दाबीबाट सफाई दिलाई पाउँ भन्ने व्यहोराको निबेदन दर्ता गरी भुवन गिरीलाई जेल मुक्त गराई दिने प्रस्ताब राखेको र भुवन गिरी संगै बसेर कफी पिई सकेपछी भुवन गिरीले उक्त प्रस्ताबहरु पूर्ण रुपमा इन्कार गरेपछि निज आरती रावल रिसाएर कारागारबाट निस्की भुवन गिरीलाई आफ्नो फेसबुक आईडी  (गिरी आरती) GeereeAarti मा घमण्डी,कुकुरको पुच्छर १२ बर्ष सम्म ढुंग्रामा राखे पनि बांगाको बांगैू भन्ने जस्ता कुरा लेखि पोष्ट गरी  भुवन गिरीलाई गालि गलौज गरेको र निजले हाल सम्म भुवन गिरी समेतका बिभिन्न पुरुषहरुलाई दिएको दुखस्बाट सृजित पापको भण्डारबाट मुक्ति पाउँन भारतको उतर प्रदेशमा पर्ने प्रयागराजमा लागिरहेको कुम्भ मेलामा आफ्नो आमा सहित पुगी स्नान गरी पापबाट मुक्ति पाउँन प्राथना गरेको कुरा निजले आफ्नो फेसबुक आईडी GeereeAarti मा पोष्ट गरेका स्टाटस र भिडियो सार्बजनिक भएपछि निज आरती रावल आफुले गरेको पाप कटाउन कुम्भमेला गएको प्रमाणित हुन्छ।

बिगत ६ बर्ष देखि पत्नी आरती रावलबाट तनाब झेली रहेका भुवन गिरीले अन्ततस् आरती रावलबाट छुटकारा पाएका छन्। भुवन गिरीले आरती रावलबाट छुटकारा पाउँन सम्बन्धबिच्छेद गरी पाउँ भनि मिति २०७९-०८-११ मा बाँके जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्दा (मु.नं. ०७९-CP-०७३३ )दर्ता गरेका थिए। पत्नी आरती रावलले पति भुवन गिरी संग सम्बन्ध बिच्छेद मुद्दा गर्न मन्जुर छैन भनि प्रतिउतरपत्र फिराएकी थिईन।पति भुवन गिरी उपर २ बर्ष भन्दा बढी समय सम्म बैबाहिक बलात्कार र जबरजस्ती करणी मुद्दा दर्ता गरी अनाबश्यक दुस्ख दिई रु। १ करोड रकम माग गरेकोमा माग बमोजिमको रकम नपाएपछि माईतिघर मण्डलामा सरकारको बिरुद्धमा अनसन तथा पोलमा झुण्डिएको नाटक गरी भिडियो बनाई सार्बजनिक गरी जिल्ला प्रशासन कार्यालय र रक्षा नेपालबाट संयुक्त रुपमा रु. ५ लाख प्राप्त गरी नेपालगंजको न्यु रोडमा एउटा सटर कोठा भाडामा लिई किराना पसल संचालन गरेको कागजपत्र तयार गरी रकम पचाई आन्दोलन त्यागेको र तत् पश्चात् पति भुवन गिरीले कपिलबस्तुको बैबाहिक बलात्कारको मुद्दामा सफाई पाएपछि कारागार कारालय डिल्लीबजार पुगी भुवन गिरीलाई भेटी रु. १ करोड रकम माग गरेको र उक्त रकम दिन नसक्ने भए परिवार त्यागी आफु संग एकलौटी रुपमा बस्ने प्रस्ताब राख्दा उक्त प्रस्ताब भुवन गिरीले अस्विकार गरेपछि केही सिप नलागी भुवन गिरीलाई उच्च अदालत पाटनमा चलेको जबरजस्ती करणी मुद्दामा सम्बन्ध बिच्छेद गरेपछि सजाय गराउन सहज हुन्छ की भन्ने आशा गर्नुको साथै नेपालगंजको गाली बेईज्जति मुद्दामा कैद र जरिवानाको सजायबाट बच्न तथा बाँके जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद हुने निश्चित भएपछी सम्बन्ध पछि समाजको सामुन्ने पतिले लात मार्यो भन्ने कुरा सुन्नु नपरोस भनि मिति २०८१-१०-२० मा बाँके जिल्ला अदालतमा पेशीका दिन हतार हतारमा सम्बन्ध बिच्छेद गर्न मन्जुर छु भन्ने व्यहोराको निबेदन दर्ता गरी सोही मितिमा बाँके जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री भिष्मराज प्रसाईको इजलासबाट पति भुवन गिरी र पत्नी आरती रावल बिच सम्बन्ध बिच्छेद हुने ठहरी फैसला भएपछि समाजको सामुन्नेमा फेस सेभिंग गर्नको लागि निज आरती रावलले उक्त निबेदन आफ्नो फेसबुक आईडी GeereeAarti मा पोष्ट गरी आफुले भुवन गिरीबाट छुटकारा पाई स्वतन्त्र भएको भनि स्टाटस लेखेको पाईएको छ।

आरती रावलका गलत हर्कतका कारणले बास्तबिक बलात्कार पीडितले न्याय नपाउने अवस्था सृजना भएको छ । हावाको भरमा नक्कली बलात्कार पिडितलाई सहयोग गर्ने  NGOS,INGOS  लाई नेपाल भन्ने देश डलरको खेती गर्ने सुवर्ण भुमिको रुपमा स्थापित भएको छ।हाल नेपालमा कारागारमा करिब २८ हजार थुनुवा र कैदी रहेकोमा सो मध्य करिब ८ हजारको हाराहारीमा जबरजस्ती करणी मुद्दाका थुनुवा र कैदी रहेका र सो मध्ये बास्तबिक जबरजस्ती मुद्दाका कसुरदार करिब १० प्रतिशत मात्र रहेको आकलन गरिएको अवस्था रहेकोले बेलैमा नेपालको जबरजस्ती करणी र बैबाहिक बलात्कार सम्बन्धी कानुनमा सुधार नगरे अबको १० बर्ष भित्रमा सबै पुरुषहरुलाई जेलमा भेट्न पाउने सुवर्ण अवसर अवस्था सिर्जना हुन सक्छ। त्यसैले सरकारको जबरजस्ती कानुनमा सुधार गर्ने तर्फ बेलैमा ध्यान जानुपर्ने बेला आएको छ।

प्रतिक्रिया

नरहरीनाथ योगी २९ माघ २०८१, मङ्गलबार

अन्तत: न्याय मर्दैन।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार