मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |

कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु

Griha Sewa 31+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

विराटनगर : मोरङको रतुवामाई नगरपालिका–५ निवासी २९ वर्षीय बन्दी किसुन टुडु सतारको कोशी अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको छ।

जिल्ला कारागार मोरङमा थुनामा रहेका उनलाई अचानक रिंगटा लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि माघ २६ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालमै उपचार भइरहेकै बेला मंगलबार दिउँसो १:४५ बजे उनको निधन भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए।

किसुन टुडुलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले गत साउन ११ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। अदालतको फैसलाको प्रतीक्षामा रहेका उनको मृत्यु भएपछि शव कोशी अस्पतालमै राखिएको छ।

परिवारका सदस्य सम्पर्कमा आएपछि शव जिम्मा लगाइने जेलर ढुंगेलले बताए।

मोरङ कारागार ३५० जना क्षमताको भए पनि हाल त्यहाँ १,०८५ जना कैदीबन्दी राखिएको छ। यसमध्ये ९७ महिला, ९८४ पुरुष र ४ जना बालबालिका आश्रित छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै