मुख्य समाचार
हेल्पिङ हर्ट नेपाल मधेस प्रदेशका मुख्यमन्त्रीबाट सम्मानित | भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु | अध्यादेश पास गर्ने बाटो खोज्दै सरकार | मलेसियामा हत्या भएकी तिलमायाको शव १० महिना सम्म आएन,छोरीको शव ल्याउन भौँतारिरहेका ७० वर्षीया आमा | जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर | कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर | हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक | कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु | तस्करीको केन्द्र बन्दै बाँके, नेपाल हुँदै बङ्गलादेश पुर्‍याइन्छ गाईगोरु ! | चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान |

विवाहमा विवाद हुँदा कुटपिटबाट युवकको मृत्यु, दुईजना पक्राउ

Griha Sewa 31+ समाचार ( )
२८ माघ २०८१, सोमबार

बाँकेमा एक युवकको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–२ का ३५ वर्षीय रामबहादुर राना र बैजनाथ–६ का १७ वर्षीय एक किशोर छन् ।

बैजनाथ–८ का २५ वर्षीय दिनेश रोकायाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको शुक्रबार (माघ २५) राति बैजनाथ–८, बिचलाईनस्थित विवाह कार्यक्रममा विवाद हुँदा उनीहरूले दिनेशसहित ६ जनामाथि कुटपिट गरेका थिए । कुटपिटबाट दिनेश गम्भीर घाइते भएका थिए ।

कोहलपुरस्थित मेडिकल कलेजमा प्राथमिक उपचारपछि उनलाई भारतको लखनऊ पठाइएको थियो । त्यहाँ उपचारका क्रममा आइतबार (माघ २७) बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते अरू पाँचजनाको उपचार जारी छ । कोहलपुरकै मेडिकल कलेजमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार